
काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुमा मतदातालाई सुसूचित गर्न ठूला–ठूला फ्लेक्स र होर्डिङ्ग बोर्ड झुण्ड्याइएका छन् । पैदल यात्रीलाई हिँड्दा हिँड्दै मतदाता शिक्षाबारे जानकारी होस् भन्ने उद्देश्यले आयोगले व्यस्त चोक तथा सडकलाई केन्द्रीत गरी मतदान गर्ने तरिकासहितका जानकारीमुलक सन्देश उल्लेखित सामग्री टाँगेको छ ।
दैनिक जीवनमा सँधैजसो व्यस्त रहने राजधानीबासीका लागि घरघरमा मतदाता शिक्षा कार्यक्रम अन्तर्गत दिइने शिक्षा प्रभावकारी नहुने र सबैलाई घरमा भेट्न मुस्किल हुने भएकाले पनि सार्वजनिक स्थलमा राखिएका मतदाता शिक्षा सामग्रीहरु मतदातालाई सुसूचित गर्न प्रभावकारी हुने आयोगको विश्वास छ ।
काठमाडौंका १३ वटा आकाशे पूललगायत वडा कार्यालयहरुमा आमजनतामा निर्वाचन प्रकृयाको सूचना प्रवाह गर्न सन्देश समाग्री प्रदर्शन गरिएका छन् ।
कतिवटा मतपत्र हुने र कसरी भोट हाल्ने भन्ने द्विविधामा रहेका मतदाताहरुलाई यस्ता सूचना सामग्रीले केही हदसम्म भए पनि जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्