
२ निर्वाचन क्षेत्र रहेको पाल्पामा लोकतान्त्रिक र बाम गठबन्धनका साथै केही साना दल प्रतिश्पर्धामा छन् । सबै दलका उमेदवारहरु विभिन्न विकासे एजेण्डा लिएर मतदाताको घरदैलोमा पुगिरहेका छन् । चुनावी मैदानमा विभिन्नमा राजनीतिक दल होमिएता पनि मूख्य प्रतिस्पर्धा भने लोकतान्त्रिक र वाम गठबन्धनबीच नै हुने आंकलन गरिएको छ ।
लोकतान्त्रिक र वाम गठबन्धनका उम्मेदवारहरुले सिद्धार्थ राजमार्गअन्र्तगत पर्ने सिद्धाबाबा सडक, तानसेनको खानेपानी समस्या समाधान गर्नेजस्ता एजेण्डाहरु अघि सारेका हुन् ।
यसै गरी पाल्पालाई पर्यटकीय क्षेत्रको विकास, रोजगारीको अवसरको सिर्जना, प्राविधिक विश्व विद्यालय स्थापना र तानसेनलाई पर्यटकीय सहरको रुपमा विकास गर्नेजस्ता एजेण्डा अघि सारेका छन् ।
पाल्पामा ९८ हजार ४ सय २२ महिला , ९६ हजार ४ सय २३ पुरुष र एक तेस्रो लिङ्गी मतदाताले आगामी निर्वाचनमा उम्मेदवार भविष्य निर्धारण गर्ने हुन् । निर्वाचनका लागि १ हजार ८ सय ७ कर्मचारी र आवश्यकता अनुसार सुरक्षाकर्मी खटाउने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्