२६ जेष्ठ २०८२, सोमबार | Mon Jun 9 2025


यमनका पूर्वराष्ट्रपतिको प्रस्तावको साउदी अरबद्वारा स्वागत


0
Shares

यमनमा गठबन्धन फौजविरुद्ध सालेहको फौजले संघर्ष गर्दै आएको छ । गठबन्धनले नाकाबन्दी हटाएमा र आक्रमणहरु रोकेमा पानाहरु पल्टाउन आफू तयार रहेको सालेहको भनाइ छ । सालेहले छिमेकी राज्यमा रहेका दाजुभाइलाई घेराबन्दी हटाउन, विमानस्थल खुलाउन र खाद्य सहायता पुग्न दिन तथा घाइतेलाई बचाउन दिन आग्रह गरेका छन् ।

सालेहका साझेदार हुथी विद्रोहीले भने उनीमाथि सत्तालपटको आरोप लगाएको थियो । राजधानी सानामा सालेहको फौज र हुथी लडाकुले लडाइँ भने कायमै राखेका छन् ।

पछिल्ला दिनमा भएको संघर्षमा कैयौँ मानिस मारिएका छन् । हुथीलाई इरानले समर्थन गर्दै आएको छ । अन्तर्राष्ट्रिय मान्यता प्राप्त राष्ट्रपति अब्दराबुह मंसुर हादीको सरकारविरुद्ध उक्त समूहले सालेहसँग साझेदारी गर्दै आएको छ ।

राष्ट्रसंघका अनुसार साउदी नेतृत्वको गठबन्धनले यमनको द्वन्द्वमा हस्तक्षेप गरेयता ८ हजार ६ सय ७० मानिस मारिएका छन् । (एजेन्सी)