२ असार २०८२, सोमबार | Mon Jun 16 2025


रुपन्देहीका सबै मतदान केन्द्रमा कर्मचारी पुग्न थाले


0
Shares

चुनावका लागि आवश्यक पर्ने मतपेटिका, मतपत्र, स्वस्तिक छाप, स्टेशनरी सामानलगायतका सामग्री लिएर कर्मचारीहरु मतदान केन्द्रतर्फ लागेको जिल्ला निर्वाचन कार्यालयका अधिकृत गोपाल अर्यालले जानकारी दिए ।

उनले मतपत्र सहितका महत्वपुर्ण निर्वाचन सामग्री मूख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाइएको र त्यहाँबाट सुरक्षाकर्मीको रोहबरमा मतदान स्थलमा पठाइएको जानकारी दिए ।

५ प्रतिनिधि सभा सदस्य र १० प्रदेश सभा सदस्यका लागि २ सय ८ मतदानस्थल र ५ सय ९८ मतदान केन्द्रका लागि मतदान अधिकृत, सहायक मतदान अधिकृतसहित ४ हजार ७ सय ८४ कर्मचारी खटाइएको छ ।

१ उपमहानगरपालिका ५ नगरपालिका र १० वटा गाउँपालिका रहेको रुपन्देहीमा ५ लाख २२ हजार ६ सय २ मतदाता छन् ।