
वि.सं. २०४८ यता भएका सबै निर्वाचनमा अशिग्राम माविमा रहेको मतदान केन्द्रबाट मतदान गर्दै आएका प्रधानमन्त्री देउवा यसपटकको निर्वाचनमा पनि सोही केन्द्रबाट मतदान गर्दैछन् ।
प्रधानमन्त्री देउवाले अक्षर आरम्भसमेत तत्काल रहेको अशिग्राम प्रावि (हालको मावि) बाट नै गरेको उनका आफन्तजनको भनाइ छ ।
प्राविसम्म रहेको सो विद्यालयलाई माविसम्म पुर्याउन प्रधानमन्त्री देउवाले नै पहल गरेको स्थानीय चेतराज भट्टले जानकारी दिए ।
प्रधानमन्त्री देउवासँगै उनकी धर्मपत्नी तथा कैलाली क्षेत्र नम्बर–५ बाट प्रतिनिधिसभा उम्मेदवार बनेकी डा. आरजु देउवा राणाले पनि सोही मतदानस्थलबाट मतदान गर्ने प्रधानमन्त्री देउवाका निजी सचिव भानु देउवाले बताए । रासस
प्रतिक्रिया दिनुहोस्