
जिल्लाका ५ सय ९८ मतदान केन्द्रमा बिहानै ७ बजेबाट मतदान सुरु भएको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्या भण्डारीले बताए । बिहानैदेखि मौसम सफा भएकाले मतदाताहरु मतदानका लागि उत्सुकताका साथ लामबद्ध भएका छन् ।
मत खसाल्न पाएकोमा मतदाता उत्साहित छन् भने कता मत खस्ने भन्नेमा उम्मेदवार चिन्तित देखिएका छन् । ५ निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा प्रतिनिधिसभामा ५ र प्रदेशसभाका लागि १० सीटमा २३८ जनाले उम्मेदवारी दिएका छन् भने ५ लाख २२ हजार ६ सय २ मतदाता छन् ।
स्वास्थ्य मन्त्री तथा राप्रपा प्रजातान्त्रिकका वरिष्ठ उपाध्यक्ष दिपक बोहराले पनि मतदान गरेका छन् । लोकतान्त्रिक गठबन्धनको तर्फबाट क्षेत्र नं. ३ को प्रतिनिधिसभा सदस्यका प्रत्यक्षतर्फका उम्मेदवार बोहराले सिद्धार्थनगर नगरपालिका–३ को खजहना निमाविमा रहेको मतदान केन्द्रमा मतदान गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्