Logo ८ असार २०८३, सोमबार | Mon Jun 22 2026


इलाममा २ बजेसम्ममा ५० प्रतिशत बढी मत खस्यो


0
Shares

जिल्लाका २६६ ओटै मतदान केन्द्रमा शान्तिपूर्णरूपले मतदान भइरहेको जानकारी आएको मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीले जानकारी दिए ।

‘मतदान अधिकृतहरूले २ बजेसम्ममा एसएमएस सिस्टममा दिएको जानकारीअनुसार ५० प्रतिशतभन्दा बढी मत खसिसकेको छ’–सुवेदीले भने–‘तर, सबै मतदान केन्द्रमा फोन सम्पर्क हुन नसक्ने भएकाले ठ्याक्कै यति नै भन्नचाहिँ अलि भरेसम्म कुर्नुपर्छ ।’

११ बजेअघि मतदाताको चाप नरहेको मतदानस्थलहरुमा अहिले चाप बढेका कारण खसेको मतको प्रतिशत बढेको सुवेदीले बताए ।

जिल्लामा मध्याह्नसम्म कुनै अप्रिय घटना नभएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेलले जानकारी दिए ।