Logo १९ चैत्र २०८२, बिहिबार | Fri Apr 3 2026


‘वर्षको उत्कृष्ट खेलाडी सम्मान’ कार्यक्रमलाई जनता बैंकको साथ


0
Shares

काठमाडौं, पुस ८ । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले आयोजना गर्ने वर्षको उत्कृष्ट खेलाडी सम्मान कार्यक्रमलाई जनता बैंकले साथ दिने भएको छ ।

राजधानीमा आइतबार एक कार्यक्रम आयोजना गरि खेलाडी संघ र जनता बैंकले सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौता अवधि ५ वर्षको हुनेछ ।

सम्झौताअनुसार खेलाडी संघले आयोजना गर्ने वर्षको उत्कृष्ट खेलाडी सम्मान कार्यक्रमका सर्वोत्कृष्ट दुई खेलाडीलाई जनता बैंकले नगद पुरस्कार दिनेछ । बैंकले दुई खेलाडीलाई जनही १ लाख रुपैंया नगद पुरस्कार दिनेछ ।

खेलाडी संघले हरेक वर्ष उत्कृष्ट खेलाडी सम्मान कार्यक्रम आयोजना गर्दै आएको छ । गत वर्ष सम्पन्न राखेप च्याम्पियनसिपमा समावेश गरिएका २९ खेलका उत्कृष्ट खेलाडीहरु यसपटक सम्मानित हुनेछन् । सर्वोत्कृष्ट दुई खेलाडीबाहेक हरेक खेलका उत्कृष्ट खेलाडीहरुले जनही १० हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

विगतका वर्षहरुमा जस्तै यो वर्ष पनि संघले एक जनालाई गजराज जोशी आदर्श खेलाडी सम्मान प्रदान गर्नेछ । संघले यही पुस १३ गते शुक्रवार ऐतिहासिक पाटन दरवार क्षेत्रमा खेलाडी सम्मान कार्यक्रम आयोजना गर्दैछ ।