Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


स्याङ्जामा तनाव, निषेधित क्षेत्र घोषणा, यस्तो छ घटना


0
Shares

नेकपा एमालेका नेता तथा कार्यकर्ताहरूले स्याङ्जाको निर्वाचन क्षेत्र नम्बर–२ का निर्वाचन अधिकृत हरिकृष्ण श्रेष्ठमाथि शुक्रबार हातपात गरेपछि प्रहरीले रोक्न खोज्नेक्रममा नेकपा एमालेका आधा दर्जन नेता तथा कार्यकर्ता घाइते भएका थिए ।

अहिले जिल्ला समन्वय समितिको भवनमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा रहेका मतपेटिकाको सुरक्षाकर्मीले रेखदेख गरिरहेका छन् ।

स्याङ्जामा मतदानको विषयलाई विवाद चुलिँदै गएर तनावको स्थिति उत्पन्न भएपछि स्थितिलाई नियन्त्रणमा लिन स्थानीय प्रशासनले स्याङ्जा सदरमुकामको चारैतिर तीन किलोमिटरको क्षेत्रमा भेला, सभा तथा समूहमा नबस्न निषेधित क्षेत्र घोषणा गरेको छ भने सिद्धार्थ राजमार्गमा सवारी–साधन सन्चालनमा भने रोक नलगाइएको जनाइएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभाको बिहीबार सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसले चारवटा बुथकब्जा गरेको भन्दै नेकपा एमालेले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएपछि स्याङ्जाको मतगणना अवरुद्ध भएको छ ।

स्याङ्जा क्षेत्र नम्बर–२ मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ र नेकपा एमाले केन्द्रीय सदस्य पदमा अर्याल चुनावी प्रतिस्पर्धा छन् । रासस