Logo ५ पुस २०८२, शनिबार | Sat Dec 20 2025


कपिलवस्तु–१ र २ मा वाम गठबन्धन, ३ मा कांग्रेसको अग्रता


0
Shares

पछिल्लो मतपरिणामअनुसार क्षेत्र नम्बर–१ मा चार हजार २१८ मतगणना हुँदा लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका दीपकुमार उपाध्यायले एक हजार ४८३ र वाम गठबन्धनका चक्रपाणि खनालले दुई हजार २१९ मत प्राप्त गरेका छन् ।

यस्तै, क्षेत्र नम्बर–२ मा ६ हजार ७३४ मतगणना हुँदा कांग्रेसका सुरेन्द्रराज आचार्यले दुई हजार २२३ र सूर्य चिह्न लिएका वृजेशकुमार गुप्ताले तीन हजार ४५० मत प्राप्त गरेका छन् ।

प्रतिनिधिसभा क्षेत्र नम्बर–३ मा भने कांग्रेसका अभिषेकप्रताप शाहले अग्रता लिएका छन् । पाँच हजार ६०४ मतगणना हुँदा उनले एक हजार ९४९ र संघीय समाजवादी फोरम नेपालका मंगलप्रसाद गुप्ताले एक हजार ४०५ मत प्राप्त गरेका छन् । रासस