दोलखा प्रदेश सभा (क) मा नेकपा माओवादी केन्द्रका विशाल खड्का २८३५० मत ल्याएर विजयी भएका छन् । त्यसैगरी प्रदेशसभा (ख) मा नेकपा एमालेका पशुपति चौलागाईंले २३०३८ मत ल्याएर विजयी भएका छन् ।
दाङ क्षेत्र नम्बर २ को प्रदेशसभा (ख) मा नेकपा एमालेका अमरबहादुर डाँगी २१,४५० मत ल्याएर विजयी भए । कालिकोट प्रदेश (ख) मा नेकपा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही १२१५३ मतसहित विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका कालीबहादुर शहकारीले ९३४२ मत प्राप्त गरे ।
कालिकोट प्रदेश (क) मा पनि नेकपा एमालेका कुर्मराज शाही ११९३५ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका टेकराज शाहीले ४७८९ मत प्राप्त गरे ।
दाङ २ को प्रदेश क मा एमालेका शंकर पोखरेल २०,७११ मतका साथ विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कमलकिशोर घिमिरेले भने ११,१६९ मत पाए ।
दैलेख १ को प्रदेश (क) मा माओवादी केन्द्रका धर्मराज रेग्मी १० हजार ३६१ मतसहित विजयी हुँदा कांग्रेसका कृष्णकुमार जिसीको ८७६४ मत पाएर पराजित भए ।
भोजपुर प्रदेशसभा ‘ख’ मा एमालेका शेरधन राई २० हजार ३३४ मतसहित विजयी भएका छन् । पराजित कांग्रेसका गोविन्द कार्कीको ७ हजार १०५ मत रहेको छ ।
जाजरकोट प्रदेश सभा (क) मा माओवादी केन्द्रका गणेशप्रसाद सिंह १६९११ मतसहित विजयी हुनुभएको छ भने जाजरकोटको प्रदेश (ख) मा एमालेका करबीर शाही १५ हजार १८५ मतसहित विजयी भएका छन् ।
ओखलढुंगा प्रदेश (क) मा एमालेका अम्बीर गुरुङ १८९०० मतले विजयी हुँदा कांग्रेसका मित्रसेन दाहालको ७००२ मत ल्याएर पराजित भए ।
रसुवामा प्रदेश (ख) मा नयाँशक्ति नेपालका प्रेम तामाङ ७०४० मत ल्याई विजयी भएका छन् । धादिङ प्रदेश १ क मा एमालेका राजेन्द्र पाण्डे र (ख) मा माओवादीका शालिकराम जम्मकट्टेल विजयी भएका छन् । धादिङ प्रदेश २ (क) मा एमालेका रामकुमार अधिकारी विजयी भएका छन् ।
वैतडी प्रदेश सभा (क) मा माओवादी केन्द्रका प्रेमप्रकाश भट्ट ८००३ मतसहित विजयी हुँदा बैतडीकै प्रदेश सभा ख मा एमालेका लीलाधर भट्ट २३३७ मतसहित विजयी भएका छन् ।
बाग्लुङ २ (ख) मा राष्ट्रिय जनमोर्चाका टेकबहादुर घर्ती विजयी भएका छन् ।
अहिलेसम्म जारी मत गणनामा अधिकांश स्थानमा वामगठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् ।
प्रदेशसभा सदस्यतर्फ पनि अधिकांश स्थानमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका उम्मेदवारले अग्रता लिइरहेका छन् ।




प्रतिक्रिया दिनुहोस्