२७ जेष्ठ २०८२, मंगलबार | Tue Jun 10 2025


डोटीमा बाम गठबन्धनको अग्रता कायमै, मन्त्री बलायरले के गर्लान ?


0
Shares

लोकतान्त्रिक गठबन्धनका उम्मेदवार बीर बहादुर बलायरसँग कडा टक्कर परिरहेपनि वाम गठबन्धनका उम्मेदावार प्रेमबहादुर आलेमगरले मतअन्तर वृद्धि गर्दै गएका छन् ।

यो समाचार तयारपार्दासम्म वाम गठबन्धन (एमाले) का उम्मेदावार प्रेमबहादुर आलेमगरले ५ हजार ४ सय १८ मत प्राप्तगरी अघिअघि छन् भने उनका प्रतिद्धन्दी लोकतान्त्रिक गठबन्धन (काँग्रेस) का उम्मेदवार नेपाल सरकारका बाहालवाला भौतिक पुर्वधार तथा यातयात मन्त्री वीरबहादर बलायर ४ हजार १ सय १ मत प्राप्त गरी पछिपछि छन् ।

त्यस्तै प्रतिनिधी सभामा एक सिट र प्रदेश सभामा २ सिट रहेको डोटीमा प्रदेशसभा ‘क’ र ‘ख’ मा पनि मतगयानाको सुरुवात देखि नै वाम गठबन्धनले अग्रता लिएको छ ।

वाम गठबन्धन (एमाले) का उम्मेदवार चक्रबहादुर मल्लले २ हजार ९ सय ८७ र कांग्रेसका उम्मेदवार भरतबहादुर खड्काले २ हजार ६ सय ६१ मत ल्याएका छन् ।

प्रदेशसभा ‘ख’ मा गठबन्धन (माओबादी केन्द्र) का त्रिलोचन भट्टले अग्रता लिएका छन् ।

भट्टले २ हजार ७ सय ३८ मत ल्याएका छन् भने लोकतान्त्रिक गठवन्धन ९कांग्रेस० का योगेन्द्रबहादुर शाहीले २ हजार ५ सय १५ मत ल्याएर पछ्याइरहेका छन् ।

डोटीमा यो समाचार तयारपार्दा सम्म बिना अबरोध शान्तिपुर्ण रुपले मतगणना भैरहेको छ । काँग्रेसले आफ्नो आधार इलाकाका मत पेटिका नखोलिएकोले आफु पछि परेको जनाएको छ ।