२७ जेष्ठ २०८२, मंगलबार | Tue Jun 10 2025


चितवनमा विक्रम पाण्डेभन्दा प्रचण्ड १७ सय बढी मतले अगाडी


0
Shares

सो क्षेत्रमा आठ हजार ८५ मतगणना गर्दा दाहालले चार हजार ६२७ मत प्राप्त गरेका छन् ।

उनका प्रतिद्वन्द्वी विक्रम पाण्डेले दुई हजार ८७७ मत प्राप्त गरेका छन् । पाण्डे भन्दा दाहालले एक हजार ७५० मत बढी ल्याएका छन. । सो क्षेत्रमा एक लाख २५ हजार ८१८ मतदाता रहेकोमा ९३ हजार ८२६ मत खसेको थियो ।

यसैगरी क्षेत्र नं २ मा ६ हजार ३८८ मतगणना गर्दा नेकपा (एमाले)का कृष्णभक्त पोखरेलले तीन हजार ९९३ र नेकाका शेषनाथ अधिकारीले एक हजार ९३५ मत प्राप्त गरेका छन् ।

क्षेत्र नं २ मा एक लाख आठ हजार २१९ मतदाता रहेकोमा ७७ हजार ४७६ मत खसेको थियो ।

क्षेत्र नं १ मा सात हजार ७७४ मतगणना हुँदा नेकपा (एमाले)का सुरेन्द्र पाण्डेले चार हजार ५३९ र काँग्रेसका राजेन्द्र बुर्लाकोटीले दुई हजार ८९४ मत प्राप्त गरेका छन् ।

यस क्षेत्रमा एक लाख २५ हजार ८२३ मतदाता रहेकोमा ९३ हजार ८२६ मत खसेको थियो ।

जिल्लामा कुल मतदाता सङ्ख्या तीन लाख ५४ हजार ३६ रहेको छ । समग्रमा जिल्लामा ७३ दशमलव ६२ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरि ढकालले जानकारी दिए । रासस