२७ जेष्ठ २०८२, मंगलबार | Tue Jun 10 2025


बैतडीका सवै क्षेत्रमा वाम गठबन्धन विजयी


0
Shares

प्रतिनिधि सभामा नेकपा एमालेका उम्मेदवार पुर्व अर्थराज्यमन्त्री दामोदर भण्डारी विजयी भएका छन् भने प्रदेश सभा (क)मा नेकपा माओवादी केन्द्रका पे्रमप्रकाश भट्ट र प्रदेश सभा(ख) मा नेकपा एमालेका लिलाधर भट्ट विजयी भएका हुन ।

अन्तिम मतपरिणाम अनुसार नेकपा एमालेका दामोदर भण्डारीले ३९ हजार ५२४ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्दी वहालवाला वाणिन्य राज्यमन्त्री समेत रहेका नेपाली कांग्रेसका नरबहादुर चन्दले २८ हजार २९१ मत प्राप्त गरेका छन् ।

वाणिज्य राज्यमन्त्री नरबहादुर चन्द पूर्व राज्यमन्त्री दामोदर भण्डारीसंग ११ हजार २३३ मत अन्तरले पराजित भएका छन् ।

प्रदेश सभाको अन्तिम मतपरिणाम अनुसार बैतडी प्रदेश सभा क्षेत्र (क)मा नेकपा माओवादी केन्द्रका प्रेमप्रकास भट्ट (आदित्य) तथा प्रदेश सभा (ख) मा नेकपा एमालेका लिलाधर भट्ट विजयी भएका छन् ।

प्रदेश सभा (क) मा नेकपा माओवादी केन्द्रका भट्टले १८ हजार ९३ मत प्राप्त गरि विजयी भएका हुन् भने उनका निकटतम् प्रतिद्धन्दी नेपाली कांग्रेसका हरिमोहन भण्डारीले १५ हजार १ सय २६ मत प्राप्त गरे ।

यस्तै, प्रदेश सभा क्षेत्र (ख) तर्फ नेकपा एमालेका लिलाधर भट्ट २० हजार तिन सय १८ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्धन्दी राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेश चन्दले १५ हजार २ सय ४७ मत प्राप्त गरे ।

पहिलो चरण अन्तर्गत बैतडीमा मंसिर १० गते सम्पन्न भएको हो । १ लाख ३२ हजार ३१९ मतदाता रहेको बैतडीमा प्रतिनिधीसभा तथा प्रदेससभाको निर्वाचनमा ७६ हजार ३४३ मतदाताले मतदान गरेका थिए ।

प्रतिनिधि सभाको लागी एक र प्रदेश सभाको लागी दुई निर्वाचन क्षेत्र रहेको बैतडीमा १२ जना चुनावी प्रतिस्प्रर्धामा रहेका थिए ।