२६ जेष्ठ २०८२, सोमबार | Mon Jun 9 2025


काठमाडौं–६ मा भीमसेनदास प्रधानभन्दा झक्कु सुवेदी अगाडि


0
Shares

गठबन्धनका झक्कु सुवेदीले १२ हजार ३०१ मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनका भीमसेनदास प्रधानले ११ हजार ६८८ मत पाएको निर्वाचन अधिकृत पुष्पराज पाण्डेले जानकारी दिए । अहिलेसम्म २९ हजार मतगणना भइसकेको उनले बताए ।

तेस्रो स्थान विवेकशील साझा पार्टीले ओगटेको छ । विवेकशीलका रमेश सिलवालले दुई हजार ३९२ मत पाएका छन् ।

शनिबार बेलुकीसम्म काठमाडौं–६ को प्रतिनिधिसभाको मतगणना सकेर परिणाम सार्वजनिक गर्ने गरी तयारी भएको उनले बताए ।

यो क्षेत्रमा पर्ने तारकेश्वर र टोखा नगरपालिकाको मतगणना सकी काठमाडौं महानगरपालिका २६, २७ र २८ को मतगणना सुरु गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यो क्षेत्रमा ४२ हजार ३९९ मत मत खसेको निर्वाचन अधिकृत पाण्डेले बताए । रासस