
नेपाली कांग्रेसका नेता दिलबहादुर घर्तीलाई ८ हजार ४०१ को फराकिलो मतान्तरले हराउँदै गुरुङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । गुरुङले ३९ हजार ४६८ मत ल्याउँदा घर्तीले ३१ हजार ६७ मत प्राप्त गरे ।
यहाँ १ लाख १५ हजार ४४९ मतदाता रहेकामा ७७ हजार ३४० मत खसेको थियो ।
को हुन् गुरुङ ?
मनाङको नासोङ गाउँपालिका–४ ओडारमा जन्मिएका गुरुङ माओवादी केन्द्रका कार्यालय सदस्य हुन् ।
वि.सं. २०३८ सालमा नेकपा मसालको केन्द्रीय सदस्य बनेका गुरुङ २०४० सालमा अखिल आठौंको केन्द्रीय अध्यक्ष बनेका थिए ।
२०४७ सालको पार्टी एकतापछि नेकपा एकता केन्द्रको केन्द्रीय सदस्य बनेका गुरुङ २०४८ सालमा ‘एक वाम एक ठाम’को नारासहित संयुक्त जनमोर्चाबाट लमजुङ क्षेत्र नम्बर–१ मा निर्वाचन लडेका थिए ।
२०५१ सालमा पार्टीको पोलिटब्यूरो सदस्यमा निर्वाचित गुरुङले २०५३ देखि २०५७ सालसम्म (४ वर्ष) जेलजीवन बिताए ।
माओवादी जनयुद्धको समयमा भूमिगत रहेका गुरुङ २०६१ सालमा पार्टीको स्थायी समिति सदस्य, २०६२ सालमा नेकपा माओवादीको तर्फबाट दोस्रो वार्ताटोलीको सदस्य बनेर काम गरे ।
माओवादी शान्ति–प्रक्रियामा आएपछि २०६४ सालमा अन्तरिम विधायक संसदको सदस्य तथा संसदीय दलको उपनेता हुँदै २०६४–२०६५ सालसम्म स्थानीय विकासमन्त्री भएर काम गरे ।
२०६४ को पहिलो संविधानसभा निर्वाचनमा मनाङ र कास्की–१ बाट निर्वाचित गुरुङ ०६५–२०६६ सम्म कानुन तथा न्यायमन्त्री भएका थिए ।
२०६६–२०६८ सालसम्म एनेकपा माओवादीको संसदीय दलको प्रमुख सचेतक रहेका गुरुङ मोहन वैद्यसँगै पार्टी फुटाएर हिँडेका थिए ।
वैद्य नेतृत्वको माओवादीमा रहँदा २०७० को संविधानसभा निर्वाचन बहिस्कार गरेका गुरुङ यसपटक भने मुल पार्टी माओवादीमा फर्किएर वाम गठबन्धनबाट उम्मेदवार बन्दै पुनः सांसदमा निर्वाचित भएका छन् ।
माओवादीभित्र वैचारिक नेताकारुपमा लिइने गुरुङले स्नातकोत्तरसम्म अध्ययन गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्