२८ जेष्ठ २०८२, बुधबार | Thu Jun 12 2025


कास्कीमा रवीन्द्र अधिकारीको ‘ह्याट्रिक’


0
Shares

अधिकारीले ८ हजार ५४६ मतान्तरले नेपाली कांग्रेसका उम्मेदवार देवराज चालिसेलाई पराजित गरेका हुन् ।

अधिकारीले २७ हजार २०७ मत ल्याउँदा चालिसेले १८ हजार ६६१ मत ल्याएका छन् ।

अधिकारी २०६४ को पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन कास्की क्षेत्र नम्बर–३ बाट विजयी भएका थिए ।

यस्तै, ०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा अधिकारी कास्कीको तत्कालीन क्षेत्र नम्बर–३ बाट विजयी हुँदै सभासद/सांसद भएका थिए ।

कास्कीमा अधिकारीले लगातार तेस्रो जित दर्ता गरेका हुन् । उनी व्यवस्थापिका–संसदको विकास समितिका सभापतिसमेत भएका थिए ।

अहिलेसम्म अधिकारीले चारपटक निर्वाचन लडेकामा २०५६ को आम निर्वाचनमा भने पराजित भएका थिए ।