
लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका गर्जबहादुर गुरुङलाई ६ हजार ४१२ को फराकिलो मतान्तरले पराजित गर्दै दवाडी प्रदेशसभामा विजयी भएका हुन् ।
दवाडीले २० हजार २६५ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी गुरुङले १३ हजार ८५३ मत पाए ।
५४ हजार ८९७ मतदाता रहेको लमजुङ प्रदेश ‘क’मा ३६ हजार ६८ मत खसेको थियो ।
यस्तो छ, दवाडीको जीवनी
लमजुङको विकट क्षेत्र दूधपोखरी गाउँपालिका–२ विचौरमा जन्मिएका दवाडी वामपन्थी आन्दोलनबाट राजनीतिमा उदाएका थिए । उनी हाल नेकपा एमाले लमजुङका अध्यक्षसमेत हुन् ।
वाल्यकालदेखि नै कम्युनिस्ट राजनीतिमा झुकाव रख्ने दवाडीले जनमतसंग्रहपछि वि.सं. २०३८ सालमा स्वतन्त्र विद्यार्थी युनियनको सदस्य बनेर राजनीति सुरु गरेका थिए ।
उनलले २०४०/०४१ सालमा विद्यार्थी फेडेरेसन लमजुङको अध्यक्ष भएर काम गरेका थिए ।
पञ्चायतकालमा राजकाज अपराधको मुद्दा खेपेका दवाडीले पटक–पटक गरी करिब ४० दिन हिरासतमा बसेका थिए ।
बहुदल आएपछि राजनीतिसँगै शिक्षण पेसामा लागेका दवाडी २०४८ देखि २०५० सालसम्म नेपाल राष्ट्रिय शिक्षक संगठन, काठमाडौंमा क्रियाशील रहे ।
२०५४ मा तत्कालीन विचौर गाविसको अध्यक्षमा निर्वाचित भएसँगै नेकपा एमालेको जिल्ला कमिटी सदस्य हुँदै पार्टी जिम्मेवारीमा क्रियाशील रहँदैआएका छन् ।
नेपाली, संस्कृति र समाजशास्त्र गरेर तीन विषयमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका दवाडीले केही समय शिक्षण पेसा र पत्रकारितासमेत गरेका थिए ।
एमालेको मुखपत्र ‘नवयुग’को माछापुच्छ्रे संस्करणको उपसम्पादक र ‘लमजुङ हाइलाइट’ साप्ताहिकको प्रकाशक–सम्पादक रहेर दवाडीले काम गरेका थिए ।
२०६९ देखि एमाले लमजुङको अध्यक्ष पदमा रहँदा स्थानीय तहमा बहुमत सिट जिताउन सफल दवाडी प्रदेशसभा ‘क’बाट वाम गठबन्धनका साझा उम्मेदवार हुँदै विजयी भएका छन् ।
प्रतिक्रिया दिनुहोस्