२६ जेष्ठ २०८२, सोमबार | Mon Jun 9 2025


धनकुटा प्रदेश ‘क’मा निरन राई विजयी


0
Shares

निकटतम् प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनका मनोहरनारायण श्रेष्ठलाई ६ हजार ६४६ मतान्तरले पराजित गर्दै राई विजयी भएका हुन् ।

विजयी राईले २० हजार ८८ मत र श्रेष्ठले १३ हजार ४४२ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत विनोद पोखरेलले जानकारी दिए ।

राई नेपाल एमाले धनकुटाका सहसचिवसमेत हुन् ।

नेपाली कांग्रेसका पूर्वसभापति तथा निवर्तमान सांसद रहेका श्रेष्ठलाई राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकसहित संघीय समाजवादी फोरम नेपालले समर्थन गरेको थियो ।