२६ जेष्ठ २०८२, सोमबार | Mon Jun 9 2025


रामचन्द्र पौडेल ३५०० मतले पछाडि


0
Shares

पछिल्लो मतगणनाअनुसार कांग्रेसका वरिष्ठ नेता पौडेलले १६ हजार ६३१ मत प्राप्त गरेका छन् ।

सोही क्षेत्रबाट उनका प्रतिस्पर्धी वाम गठबन्धनका उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान)ले २० हजार २०१ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

क्षेत्र नम्बर–१ को प्रदेशसभा ‘क’मा एमालेका उम्मेदवार रामबहादुर गुरुङले १० हजार ९९१ र कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ९ हजार ६४५ तथा प्रदेशसभा ‘ख’मा कांग्रेसका उम्मेदवार रघुनाथ पौडेलले सात हजार ९३० र माओवादी केन्द्रका हरिबहादुर चुमानले १० हजार ५०९ मत प्राप्त गरेको सहायक निर्वाचन अधिकृत विश्वनाथ अर्यालले बताए ।

त्यस्तै, तनहुँको क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेपाली कांग्रेसका शंकर भण्डारीले १५ हजार ९५० र एमालेका केदार सिग्देलले १८ हजार ९५७ मत प्राप्त गरेका छन् ।

प्रदेशसभा ‘क’मा कांग्रेसका प्रदीप पौडेलले ६ हजार ४५० र माओवादी केन्द्रकी आशा कोइरालाले सात हजार ६२२ तथा प्रदेशसभा ‘ख’मा कांग्रेसका ध्रुव वाग्लेले ८ हजार ५७२ र एमालेका किरण गुरुङले ८ हजार ९९२ मत प्राप्त गरेका छन् । रासस