२६ जेष्ठ २०८२, सोमबार | Mon Jun 9 2025


कांग्रेसका अभिषेक प्रताप शाह कपिलवस्तुुबाट तेस्रो पटक बिजयी


13
Shares

 

शाहले १९ हजार ८ सय ६४ मत प्राप्त गरेका छन् । शाहले संघीय समाजवादी फोरम नेपालका मंगल प्रसाद गुप्तालाई ४४ सय ७० मतान्तरले पराजित गरेका छन् ।  गुप्ताले १५ हजार ७ सय ९४ मत प्राप्त गरेका छन् ।

नेपालकै कान्छा सभासदको परिचय बनाएका शाह अहिले नेपाली कांग्रेसबाट प्रतिनिधी सभा ३ का उम्मेद्धवार हुन् ।

२०३९ सालमा जन्मिएका शाह बुबा अजय प्रताप शाहको देहान्त पश्चात राजनीतिमा प्रवेश गरेका थिए ।

राजनीतिक पारिवारिक वातावरणमा हुर्किएका शाह २४ बर्षकै उमेरमा २०६३ सालमा पुर्नस्थापित संसदमा बुवा अजय प्रतापको स्थानमा संसदमा प्रवेश गरेका थिए ।

२०५६ सालको संसदीय निर्वाचन अभिषेक शाहका पिता अजय प्रतापले तत्कालिन क्षेत्र नं. ३ राप्रपाबाट सांसद जितेका थिए ।

भारतको गोरखपुरबाट मावि र लखनउबाट व्यवस्थापन संकायबाट स्नातक तह सम्म अध्यन गरेका शाह राप्रपा छाडेर मधेश आन्दोलनको अगुवाई गर्दै फोरम प्रवेश गरेका थिए ।

त्यसयता शाहले २०६४ र २०७० गरी २ पटक संविधानसभा सदस्य जितेका थिए ।

फोरमबाट जित्ने अवस्था नदेखेपछि उप–महासचिव पद छाडेर शाह १ महिना अघि मात्रै कांग्रेस प्रवेश गरेका थिए ।

शाहले २०६२ सालदेखि भएका निर्वाचनमा लगातार जित हात पार्दै आएका छन् । उनको यो तेस्रोपटकको सांसदमा जित हो ।