Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


साझा यातायातले २४ नयाँ बस भित्र्याउँदै


39
Shares

ललितपुर, असार १५ । साझा यातायातले काठमाडौं उपत्यका र उपत्यका बाहिर चल्ने गरी नयाँ २४ ओटा बस थप गर्ने भएको छ ।

तीमध्ये चारओटा डिलक्स र २० ओटा सिटी बस रहेको साझा यातायातका कामु कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले बताए ।

‘केही महिनापहिले बस खरिदका लागि ठेक्का सम्झौता भएको थियो, तीमध्ये चारओटा बस एक साताभित्रै काठमाडौं आइपुग्नेछ’–उनले भने–‘बस आइसकेपछि यसको सन्चालन प्रक्रिया अघि बढाइनेछ ।’

बाँकी २० ओटा बस पनि केही समयमै उपत्यका भित्रने कामु कार्यकारी अधिकृत पाण्डेयले जानकारी दिए ।

अहिले काठमाडौं उपत्यका र उपत्यका बाहिर साझा यातायातको माग बढिरहेको छ ।

‘हामीले माग भएका सबै ठाउँमा बस सन्चालन गर्न सकेका छैनौं’–उनले भने । रासस

Skip This