Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


आर्मीलाई उपाधि


0
Shares

प्रदीप पौडेल (इमेज)

पोखरा, पुस ७ । पोखरामा सम्पन्न चौथो राष्ट्रिय पुरुष लिग भलिबल प्रतियोगिताकोे उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ ।

शनिबार भएको फाइनल खेलमा विभागीय प्रतिद्वन्द्वी सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ३–२ ले हराउँदै आर्मी विजेता बनेको हो ।

आर्मीले सशस्त्रलाई १८–२५, २५–१९, २५–१८, १८–२५ र १७–१५ ले पराजित गर्दै उपाधि उचालेको हो ।

उपाधिसँगै आर्मीले दुई लाख रुपैयाँ पुरस्कार पायो । उपविजेता बनेको सशस्त्रले एक लाख रुपैयाँमा चित्त बुझायो ।

पुलिस तेस्रो

तेस्रो स्थानका लागि शनिबारै भएको खेलमा नेपाल पुलिस क्लबले मणिमुकुन्द भलिबल क्लबलाई २५–१४, २५–१९ र २५–१५ को सेटमा हरायो ।

पुलिसले तेस्रो हुँदै ५० हजार रुपैयाँ प्राप्त गर्‍यो भने मणिमुकन्दले २५ हजार पायो ।

यी हुन् उत्कृष्ट

प्रतियोगिताको उत्कृष्ट खेलाडी आर्मीका धनबहादुर भट्ट घोषित भए । उनले २५ हजार रुपैयाँ प्राप्त गरे ।

यस्तै, प्रतियोगिताको उत्कृष्ट लिबेरो आर्मीका ईश्वर आले, उत्कृष्ट सेटर पुलिसका कप्तान इमबहादुर रानामगर, उत्कृष्ट सर्भर पुलिसकै कुलबहादुर थापा, उत्कृष्ट ब्लकर सशस्त्रका विजय थापा, उत्कृष्ट स्पाइकर आर्मीका मानबहादुर श्रेष्ठ, उत्कृष्ट प्रशिक्षक आर्मीकै प्रविनकिशोर श्रेष्ठ घोषित हुुँदै जनही पाँच हजार रुपैयाँ हात पारे ।

नेपाल भलिबल संघको आयोजनामा पोखरा रंगशालामा प्रतियोगिता भएको हो ।