
अन्तिम परिणामअनुसार रुपन्देही–४ को प्रतिनिधिसभा तथा प्रदेशसभाका दुवै क्षेत्रमा संयुक्त लोकतान्त्रिक गठबन्धनका उम्मेदवार बनेका नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
सो क्षेत्रमा ६७ हजार ८३५ मत खसेकामा लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका प्रमोद यादवले ३१ हजार ७१८ र उनका प्रतिद्वन्द्वी राष्ट्रिय जनता पार्टीका वरिष्ठ नेता सर्वेन्द्रनाथ शुक्लले २० हजार ४१६ मत पाएका छन् ।
सो निर्वाचन क्षेत्रअन्तर्गत प्रदेशसभा ‘क’ मा कांग्रेसका अष्टभुजा पाठक ९ हजार ६४ मत ल्याएर विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय जनता पार्टीका अजरत अलीले ४ हजार ६३६ मत पाएका छन् ।
यस्तै, प्रदेशसभा ‘ख’ मा कांग्रेसका बसीउद्दिन खाँ १२ हजार ११३ मत प्राप्त गरेर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी राजपाकै श्रीनिवास यादवले ३ हजार १२० मत प्राप्त गरेका छन् ।
प्रतिनिधिसभा क्षेत्र नम्बर–१ का प्रदेशसभाका दुवै क्षेत्रको मतगणना परिणामसम्पन्न भए पनि प्रतिनिधिसभाको गणना भने जारी छ । पछिल्लो परिणामअनुसार क्षेत्र नम्बर–१ मा वाम गठबन्धनबाट नेकपा (एमाले) स्थायी कमिटी सदस्य पूर्वमन्त्री छविलाल विश्वकर्मा अगाडि छन् । रासस
प्रतिक्रिया दिनुहोस्