काठमाडौं, पुस ७ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत् शनिबार भएको खेलमा थ्रीस्टार क्लब र च्यासल युथ क्लबले गोलरहित बराबरी खेलेका छन् ।
सशस्त्र प्रहरी बलको हल्चोकस्थित खेलमैदानमा लिगको दशौं चरणअन्तर्गत् भएको खेलमा थ्रीस्टारले च्यासल युथ क्लबसँग गोलरहित बराबरी खेलेको हो ।
आजको बराबरीसँगै थ्रीस्टारको १० खेलबाट २३ अंक भएको छ । तेस्रो स्थानको थ्रीस्टार शीर्ष स्थानको मनाङ–मर्स्याङ्दी क्लबभन्दा ४ अंकले पछाडि परेको छ ।
अहिलेसम्मका १० खेलमा च्यासल १४ अंक जोड्दै छैटौं स्थानमा रहेको छ । रासस








प्रतिक्रिया दिनुहोस्