
जिल्ला मुख्य निर्वाचन कार्यालयका अनुसार उनी २१ हजार ७१२ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी पूर्व सांसद रहेकाका वाम गठबन्धनका अशोक मण्डलले १८ हजार २२५ मत प्राप्त गरेका थिए ।
त्यस्तै, प्रदेशसभातर्फ सप्तरी क्षेत्र नम्बर–४ ‘क’मा वाम गठबन्धनका गोविन्दबहादुर न्यौपानेले १५ हजार ११३ मत ल्याएर विजयी भएका छन् ।
मुख्य निर्वाचन कार्यालयले आइतबार सार्वजनिक गरेको मतपरिणमअनुसार न्यौपानेका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सीताराम साहले ११ हजार ३९५ मत प्राप्त गरे । प्रदेशसभामा विजयी भएका न्यौपाने नेकपा एमाले सप्तरी जिल्ला अध्यक्ष हुन् । रासस
प्रतिक्रिया दिनुहोस्