२६ जेष्ठ २०८२, सोमबार | Mon Jun 9 2025


सिरहा–३ बाट एमालेका श्रेष्ठ विजयी, को हुन् श्रेष्ठ ?


0
Shares

संघीय समाजवादी फोरम नेपालका अशेश्वरप्रसाद यादवलाई दुई हजार ५२ मतान्तरले हराउँदै श्रेष्ठले विजयी भएका हुन् ।

एमालेका श्रेष्ठले २३ हजार २७० र पराजित यादवले २१ हजार २१८ मत प्राप्त गरेका छन् ।

विजयी भएपछि श्रेष्ठले आफ्नो ‘निरन्तर राजनीतिप्रतिको लगाव र जनतालाई सेवा पुर्‍याउँदै आएको परिणाम आजको जित’ भएको बताए ।

को हुन् श्रेष्ठ
सिरहाको गोलबजार–७ मा वि.सं. २०१८ माघ १५ गते जन्मिएका श्रेष्ठ ०३७ सालमा विद्यार्थीकालमै राजनीतिमा सक्रिय भएका हुन् ।

जीतबहादुर श्रेष्ठ र धनमाया श्रेष्ठ जेठो सन्तान उनले नेपाल ल क्याम्पस काठमाडौंबाट कानुनमा स्नातक गरेका छन् ।

२०३७ मा सप्तरीमा अनेरास्ववियुको जिल्ला सदस्य भएर राजनीतिमा प्रवेश गरेका श्रेष्ठ अनेरास्ववियुबाटै २०४१ मा नेपाल ल क्याम्पसको स्ववियु सहसचिव भएका थिए ।

२०४८ मा नेकपा एमालेको युवा संगठन प्रजातान्त्रिक राष्ट्रिय युवा संघको सिरहा जिल्ला सचिव भएका श्रेष्ठ २०६२ मा नेकपा एमालेको जिल्ला सचिव र २०६६ देखि ०७३ जिल्ला अध्यक्ष र हाल केन्द्रीय सदस्य हुन् ।

उनी २०५४ मा सिरहा जिल्ला विकास समितिको उपसभापतिमा निर्वाचित भएका थिए ।

२०७० को दोस्रो संविधानसभा निर्वाचनमा सिरहा क्षेत्र नम्बर–५ बाट माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भिडेपछि उनी राजनीतिकरुपमा राष्ट्रिय चर्चामा आएका हुन् । उनी दाहालसँग झिनो मतले पराजित भएका थिए ।