
मतगणना भइरहँदा कर्मचारीले नतिजा ‘इन्ट्री’ गर्दा मत घटाएको भेटिएपछि विवाद भएको थियो । विवादपछि आइतबार केहीबेर मतगणना स्थगित भएको थियो ।
मतगणना गरेपछि १००/१०० ओटा मतको ठेली बनाउँदै आएकोमा एउटा ठेली १५० ओटा मतको बनाएको भेटिएको थियो ।
उक्त ठेलीलाई इन्ट्री गर्दा १०० मतमात्रै भएको उल्लेख गरेपछि नेपाली कांग्रेसका प्रतिनिधिले अरुमा पनि त्यस्तै भएको हुनसक्ने भन्दै पुनः मतगणनाको माग गरेका छन् ।
भूलवशः एउटा मतको ठेलीमा ५० मत बढी पर्न गएपनि अरु मतको ठेलीमा त्यस्तो नभएको र दोहोर्याएर मत गन्न नसक्ने मुख्य निर्वाचन अधिकृत जयनन्द पनेरुले बताएपछि उम्मेदवार शाहीलगायत कांग्रेस प्रतिनिधि गणनास्थलबाट बाहिरिएका हुन् ।
उम्मेदवार शाहीले भने–‘हामीले एक ठाउँमा गल्ती पत्ता लगायौं । सुरुआतदेखि नै उनीहरुले त्यस्तो गरेको हुनसक्छ । त्यसैले पुनः मतगणना गर्नुपर्ने हुन्छ । पुनः मतगणना नभएसम्म म यो मतगणनालाई स्वीकार गर्दिनँ । त्यसैले मैले बहिस्कार गरेर बाहिर निस्किएको हुँ ।’
डोटी प्रदेशसभा ‘ख’मा ३२ हजार ७३१ मत खसेको छ । अहिलेसम्म नेकपा माओवादी केन्द्रका उम्मेदवार त्रिलोचन भट्टले १४ हजार १०४ मत प्राप्त गरेका छन् भने कांग्रेसका योगेन्द्रबहादुर शाहीले ११ हजार ६३७ मत ल्याएका छन् ।
प्रतिक्रिया दिनुहोस्