काठमाडौं, पुस ७ । राष्ट्रिय क्रिकेट टोलीका मुख्य खेलाडी सागर पुन घाइते भएका छन् ।
राजधानीमा जारी एभरेस्ट प्रिमियर लिग (इपीएल) प्रतियोगिता खेल्नेक्रममा घाइते भएका पुनको शनिबार शल्यक्रिया गरिएको छ ।
दायाँ खुट्टाको शल्यक्रिया गरिएका पुन अब ६ देखि ७ महिना मैदानबाहिरै रहने राष्ट्रिय टोलीका कप्तान पारस खड्काले जानकारी दिए ।
सागरको अनुपस्थितमा राष्ट्रिय टोलीलाई निकै क्षति पुग्ने खड्काको भनाइ छ ।
जारी इपीएलमा काठमाडौं किंग्स–११ बाट खेलेका सागरलाई ललितपुर प्याट्रियसविरुद्धको खेलकाक्रममा बलिङ गर्दा चोट लागेको थियो । रासस








प्रतिक्रिया दिनुहोस्