
उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका भविश्वर पराजुलीले ३० हजार ५२३ मत प्राप्त गरेका थिए ।
त्यसैगरी नवलपरासी (बर्दघाट सुस्ता) पश्चिम २ बाट नेपाली काँग्रेसका उम्मेदवार देवेन्द्रराज कण्डेलले ३४ हजार १३० मत प्राप्त गरी विजयी बनेका छन् ।
उ्नका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका घनश्याम यादवले २३ हजार ८९८ मत प्राप्त गरेका थिए। कण्डेलले यादवसँग १० हजार २३२ मतअन्तरले विजयी बनेका हुन् ।
यसैबीच नवलपरासी (बर्दघाट सुस्ता) पूर्व २ बाट नेकपा (एमाले)का उम्मेदवार तिलक महतले ३९ हजार ५३ मत प्राप्त गरी विजयी बनेका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका विष्णु काकीले ३७ हजार ७२० मत प्राप्त गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्