Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


अंकुर बिद्याश्रमले जित्यो अन्तर विद्यालय फुटसलको उपाधि


0
Shares

काठमाडौं । एपेक्स लाइफ स्कुलद्धारा आयोजित यू–१२ अन्तर विद्यालय फुटसल प्रतियोगिताको फाइनल उपाधी अंकुर बिद्याश्रमको पोल्टामा परेको छ ।

शुक्रबार भएको फाइनल खेलमा अंकुर बिद्याश्रमले रेडियन्ट पब्लिक स्कुललाई १–० जितेको हो ।

गत आइतवारबाट सुरु भएको प्रतियोगिताको सेमिफाइनलमा एपेक्स लाइफ स्कुल, रेडियन्ट पब्लिक स्कुल, अंकुर विद्याश्रम किड्स लर्निङ स्कुल पुगेका थिए ।

विजेता तथा उपविजेता खेलाडीहरुलाई पुरस्कार वितरण गर्दै एनप्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले खेलकुदका माध्यमबाट विद्यार्थीको प्रतिभा प्रदर्शन गर्ने अवसर मिलेको बताए

उनले यस्ता प्रतियोगिताहरुले स्वास्थ्यका लागि खेलकुद अपरिहार्य रहेको सन्देश दिनेमात्र नभइ नवप्रतिभाहरुको पहिचान गर्ने अवसर मिलेको बताए ।

प्रतियोगितामा एपेक्स लाइफ स्कुल, युरो स्कूल, किड्स लर्निङ स्कुल, द एक्सलिएर स्कुल, रेडियन्ट पब्लिक स्कुल, अंकुर विद्याश्रम, शुभतारा स्कुल, जोसेफ हाई स्कुल, सिद्धार्थ बनस्थली स्कुल, पनिनि स्कुल, मेरिडियन इन्टरनेशनल स्कुल र प्रिमियर इन्टरनेशनल स्कुल लगायतका टिमहरुको सहभागिता रहेको थियो ।

समापन समारोहमा एनप्याब्सनका पूर्व उपाध्यक्ष सूर्य बहादुर अधिकारी, महासचिब सुवास न्यौपाने, काठमाडौं अध्यक्ष विष्णु प्रजापती, बरिष्ठ उपाध्यक्ष खड्ग बस्नेतलगायतको उपस्थिति थियो ।