२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


भक्तपुर–१ बाट नेमकिपाका सुवाल विजयी


0
Shares

सुवालले ३३ हजार ०७६ मत प्राप्त गरे । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बाबुराजा जोशीले १७ हजार ८१८ मत प्राप्त गरे ।

यस्तै, क्षेत्र नम्बर–१ प्रदेश ‘क’मा नेकपा एमालेका हरिशरण लामिछानेले १२ हजार ७८९ मत ल्याएर विजयी भएका छन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका जीवन खत्रीले ९ हजार ९७७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत भोजराज शर्माले जानकारी दिए ।

नेपाल मजदुर किसान पार्टीका नीरज लवजूले सात हजार १९ मत तथा माओवादी केन्द्रका डिपी ढकालले ७८४ मत प्राप्त गरे ।

क्षेत्र नम्बर–१ प्रदेश ‘ख’मा नेमकिपाका सुरेन्द्रराज गोसाइँले २३ हजार १६४ मत प्राप्त गरी विजयी भए ।

उनका निकटतम् प्रतिद्वन्द्वी वाम गठबन्धनका रोमन शिलाकारले सात हजार ७३१ मत ल्याए । कांग्रेसका अनिल भुजूले पाँच हजार ३०२ मत प्राप्त गरे । रासस