२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


बारा–१ मा कांग्रेसका चौधरी विजयी


0
Shares

कांग्रेसका चौधरीले २४ हजार ४५० मत प्राप्त गरी बारा क्षेत्र नम्बर–१ प्रतिनिधिसभामा विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अच्युत मैनालीले २२ हजार ३० मत प्राप्त गरे । सो क्षेत्रमा राजपाका रामकिशोर यादवले २० हजार १४४ मत प्राप्त गरे ।

बारा–१ प्रदेश ‘ख’मा राजपाका यादव, बारा–४ प्रदेश ‘ख’मा सोनार

बारा क्षेत्र नम्बर–१ प्रदेश ‘ख’मा राजपा–फोरम गठबन्धनका सरोज यादव विजयी भएका छन् ।

राष्ट्रिय जनता पार्टीका उपाध्यक्ष यादव १४ हजार २६९ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भागवतप्रसाद साहले ८ हजार १२६ मत प्राप्त गरेको निर्वाचन क्षेत्र नम्बर–१ का निर्वाचन अधिकृत गोविन्दप्रसाद उपाध्यायले जानकारी दिए ।

क्षेत्र नम्बर–४ प्रदेश ‘ख’मा राजपाका महामन्त्री जितेन्द्र सोनार १३ हजार ११८ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उमेश कुशवाहले ५ हजार ८९७ मत प्राप्त गरेका छन् । रासस