
निर्वाचन क्षेत्र नम्बर–५ को ‘क’मा नेकपा एमालेका नारायणबहादुर सिलवाल र ‘ख’ प्रदेशमा पनि एमालेकै दीपक निरौला विजयी भएको निर्वाचन अधिकृत चणकमणि अर्यालले जानकारी दिए ।
उनकाअनुसार सिलवालले सात हजार ७९० मत र निरौलाले १३ हजार ७६९ मत प्राप्त गरी विजयी भएका हुन् ।
सिलवालका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी रमा पौडेलले चार हजार ३०९ मत र निरौलाका निकटतम् प्रतिद्वन्द्वी रमेशकुमार खड्काले ९ हजार ५२४ मत प्राप्त गरेका छन् ।
यसअघि, प्रतिनिधिसभा सदस्यमा उक्त निर्वाचन क्षेत्रबाट एमालेका महासचिव ईश्वर पोखरेल विजयी भइसकेका छन् ।
निर्वाचन अधिकृत अर्यालले मंगलबार बिहानबाट समानुपातिकतर्फको मतगणना हुने जानकारी गराए । रासस
प्रतिक्रिया दिनुहोस्