
सदरमुकाम मलंगवास्थित मतगणनास्थल सर्लाही क्याम्पसबाहिर मतपरिणाम सुन्न बसेका दुवै पार्टीका कार्यकर्ताबीच अचानक ढुंगा हानाहान भएको थियो । झडपबाट केही कार्यकर्ता घाइते भएका छन् ।
प्रहरीले दुई राउन्ड अश्रुग्यास प्रहार गरी स्थितिलाई नियन्त्रणमा लिएको थियो । घटनापछि मतगणनास्थल आसपासमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
एउटा मतपेटिकामा ६ ओटा सिल हुनुपर्नेमा ४ ओटामात्रै सिल भेटिएपछि राजपालगायत स्वतन्त्र दलका प्रतिनिधिले विवाद गर्दा आइतबार रातिदेखि नै मतगणना अवरुद्ध भएको छ ।
मतगणना अवरुद्ध भएको विषयमा निर्वाचन आयोगमा पत्र पठाइएको र आयोगको निर्देशनअनुसार निर्णय लिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
पछिल्लो परिणामअनुसार राजपाका उम्मेदवार राकेश मिश्रले १६ हजार ३१८ मतसहित अग्रता लिएका छन् भने कांग्रेसका अमरेशकुमार सिंहले १५ हजार ९३५ मतसहित पछ्याइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्