
घोषित क्षेत्रको मतपरिणाममध्ये अधिकांश स्थानमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।
वाम गठबन्धनको प्रमुख घटक नेकपा एमालेले ७७ स्थानमा जित हासिल गरेको छ ।
त्यसैगरी, वाम गठबन्धनकै अर्को दल नेकपा माओवादी केन्द्रले ३६ स्थानमा जित दर्ता गरेको छ ।
नेपाली कांग्रेसले २१ स्थानमा जित हासिल गर्दा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले १० र संघीय समाजवादी फोरम नेपालले ९ स्थानमा जितेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, नयाँ शक्ति पार्टी र नेमकिपाका उम्मेदवार एक/एक स्थानमा विजयी हुँदा एकजना भने स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।
प्रतिक्रिया दिनुहोस्