
नतिजा आउन बाँकी क्षेत्र मध्ये स्याङ्जा १ र २, सुनसरी ३ र कैलाली २ मा एमाले उम्मेदवारहरुले अग्रता लिएका छन् भने सर्लाही ४ मा राजपाका उम्मेदवार अगाडी छन् ।
सुनसरी ३ मा एमालेकी भगवती चौधरीले अग्रता लिँदा कांग्रेसका विजयकुमार गच्छदारले झिनो मत अन्तरमा पछ्याइरहेका छन् ।
स्याङजा १ मा एमालेका नारायण मरासिनीले अग्रता लिँदा कांग्रेसका राजु थापा पछ्याइरहेका छन् ।
स्याङजा २ मा एमालेकी पद्यमा अर्यालले अग्रता लिँदा कांग्रेसका गोपालमान श्रेष्ठले पछ्याइरहेका छन् ।
कैलाली २ मा एमालेकै झपट रावलले अग्रता लिँदा कांग्रेसका मोहनसिंह राठौरले पछ्याइरहेका छन् ।
यता, सर्लाहीमा भने राजपाका राकेशकुमार मिश्रले अग्रता लिँदा कांग्रेसका अमरेशकुमार सिंहले पछ्याइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्