
मंगलबार बिहानसम्म ७२ हजार ९ सय २१ मतले कांग्रेससँग अग्रता बनाएको एमालेले केहीबेरमै अग्रता फराकिलो पार्ने क्रममा ८२ हजार ५७ मतको अग्रता बनाएको थियो । पछिल्लो समय एमालेले कांग्रेसभन्दा ८४ हजार २ सय ८४ मतले अग्रता बनाएको छ ।
पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेले ११ लाख ८० हजार ७ मत पाएको छ भने दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १० लाख ९५ हजार ७ सय २३ मत पाएको छ ।
त्यसैगरी नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा छ । उसले ४ लाख ७१ हजार ४ सय १५ मत पाएको छ ।
चौथो स्थानमा रहेको संघीय समाजवादी फोरम नेपालले ८५ हजार २ सय ९८ मत पाएको छ भने पाँचौं स्थानमा रहेको विवेशील साझा पार्टीले ७० हजार ३१३ मत पाएको छ ।
राप्रपा ६१ हजार ९ सय ८७ मत सहित छैठौं स्थानमा रहँदा राजपा नेपाल ५३ हजार ८ सय १९ मतसहित सातौं स्थानमा र नयाँ शक्ति नेपाल ३६ हजार २ सय ४५ मतसहित आठौं स्थानमा छन् ।
त्यस्तै राष्ट्रिय जनमोर्चा नेपाल २६ हजार ७ सय १९ मतसहित नवौं नम्बरमा र राप्रपा (प्रजातान्त्रिक) २४ हजार ३ सय २४ मतसहित दशौं नम्बरमा छन् ।
प्रतिक्रिया दिनुहोस्