
दलका प्रतिनिधिबीचको विवादले आइतबार राति साँढे १० बजेदेखि मतगणना रोकिएकोमा आज बिहानबाट सुरु भएको हो ।
बलरा नगरपालिकामा रहेको जनता आधारभूत विद्यालय बेल्वाजब्दी मतदान केन्द्रको एउटा मतपेटिकामा ६ वटा मध्ये ४ वटा मात्रै शिल रहेको भेटिएपछि दलका प्रतिनिधिले विवाद गर्दा मतगणना स्थगित भएको थियो ।
निर्वाचन आयोगमा पत्र लेखेर पठाउँदा आयोगले गणना सुरु गर्न निर्देशन दिएसँगै फेरी रोकिएको गणना सुरु भएको हो । मतगणना स्थलमा व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्