
प्रतिनिधि र प्रदेशसभा गरी दुवैतर्फ कांगेसले अन्य दलभन्दा बढी मत पाएको छ । कांगेसले प्रतिनिधिसभातर्फ ३५ हजार ६६८ र नेकपा एमालेले ३० हजार ६३५ ल्याएका छन् ।
समानुपातिकमा तेस्रो स्थान ओगटेको राष्ट्रिय जनमोर्चाले १५ हजार ९३४ मत पाएको छ ।
नेकपा माओवादी केन्द्रले १४ हजार ४५० मत ल्याएर चौथो भएको छ । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले एक हजार २१२ तथा जिल्लामा संगठन नै नभएको विवेकशील साझा पार्टीले एक हजार १९६ मत प्राप्त गरेका छन् ।
देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले ८४९, नयाँ शक्ति पार्टीले ४०५, नेकपा मालेले ३६४ संघीय समाजवादी फोरम नेपालले २१४ र नेपाली जनता दलले १०५ मत ल्याएका छन् ।
कुल एक लाख ६७ हजार २८२ मतदाता रहेको बागलुङमा एक लाख ८ हजार १५१ मत खसेको थियो ।
जिल्लाका दुई प्रतिनिधि र चार प्रदेशसभामा प्रत्यक्षतर्फ वाम गठबन्धनका उम्मेदवार विजयी बनेका छन् ।
एमाले, माओवादी केन्द्र र राजमो गठबन्धन बनाएर चुनावी मैदानमा थिए भने कांग्रेसले एक्लै चुनाव लडेको थियो ।
वि.सं. २०७० मा भएको चुनावमा जिल्लाका तीनै क्षेत्रमा जितेको कांग्रेसले यसपालि विरासत जोगाउन सकेन । रासस
प्रतिक्रिया दिनुहोस्