२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


प्रदेशसभातर्फ कसले–कति सिट जिते ?


0
Shares

प्रदेशसभाको प्रत्यक्षतर्फ ३३० सिटमध्ये ३२७ स्थानको मतपरिणाम सार्वजनिक भइसकेको छ । अब जम्मा ३ स्थानकोमात्र परिणाम आउन बाँकी छ ।

जसमा एमालेले १६९ सिट जितेर पहिलो दल बनेको छ भने माओवादी केन्द्रले ७१ र कांग्रेसले ३९ सिट जितेका छन् ।

यसैगरी, संघीय समाजवादी फोरम नेपालले २४, राजपा नेपालले १६, स्वतन्त्र ३, नयाँ शक्ति पार्टी २, जनमोर्चा २ र नेमकिपाले एक स्थानमा जितेका छन् ।

प्रदेशसभाको मत परिणामले अब ७ मध्ये प्रदेश नम्बर–२ बाहेक बाँकी ६ ओटा प्रदेशमा वाम गठबन्धनको प्रदेश सरकार बन्ने निश्चित देखिएको छ ।