
प्रत्यक्षतर्फ सबै सिट जितेको नेकपा एमाले समानुपातिकतर्फ पनि पहिलो पार्टी बनेको छ ।
समानुपातिकतर्फ प्रतिनिधिसभा र प्रदेशसभा दुवैतर्फ एमाले पहिलो, नेपाली कांग्रेस दोस्रो र नेकपा माओवादी केन्द्र तेस्रो पार्टी बनेका छन् ।
प्रतिनिधिसभातर्फ कुल खसेको मत ४४ हजार २२२ मध्ये २ हजार ९६७ मत बदर भएको छ ।
सदर मत ४१ हजार २५५ मध्ये एमालेले १८ हजार ४१८ मत प्राप्त गर्दै पहिलो पार्टी बनेको हो । कांग्रेसले १६ हजार ९ मत प्राप्त गरेको छ ।
यस्तै, नेकपा माओवादी केन्द्रले ३ हजार ३ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बूवान मञ्चले १ हजार ५८२ मत पाएका छन् ।
नयाँ शक्ति पार्टी नेपालले ६०५, राष्ट्रिय जनमुक्ति पार्टीले ३०५, विवेकशील साझा पार्टीले २६९, संघीय समाजवादी फोरम नेपालले २१२ मत ल्याएका छन् ।
यस्तै, राप्रपाले १५८, राप्रपा प्रजातान्त्रिकले १२०, नेकपा मालेले १११, नेपाली जनता दलले ११६, आमुल परिवर्तन मसिहा पार्टीले ८५, मंगोल नेसनल अर्गनाइजेसनले ३८, देशभक्त जनगणतान्त्रिकले ५२, राप्रपा राष्ट्रवादीले ३६, राष्ट्रिय जनमोर्चाले २४, नेपाल मजदुर किसान पार्टीले २०, राजपा नेपालले ११ मत पाएका छन् ।
अरु २० राजनीतिक दलले १० मत कटाउन सकेका छैनन् भने ९ राजनीतिक दलको अवस्था शून्य देखिएको छ ।
प्रदेशसभा ‘क’मा एमालेले ९ हजार ७८० मत पाएको छ । कांग्रेसले ८ हजार ५७७, माओवादी केन्द्रले १ हजार ४३८, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले ९६६ मत पाएका छन् ।
उम्मेदवार नै नभएको विवेकशील साझा पार्टीले प्रदेशसभामा पनि १५४ मत पाएको छ भने राष्ट्रिय जनमुक्ति पार्टीले १७३, संघीय समाजवादी फोरमले १२३, नयाँ शक्ति पार्टीले १४६ र राप्रपाले ११७ मत पाएका छन् ।
प्रदेशसभा ‘ख’मा नेकपा एमालेले ७ हजार ९२८ मत पाएको छ । कांग्रेसले ६ हजार १८६, माओवादी केन्द्रले १ हजार ३७८, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले १ हजार ४१ मत पाएका छन् ।
संघीय समाजवादी फोरमले ११४ र नयाँ शक्ति पार्टीले ३१० मत पाएका छन् ।
प्रतिक्रिया दिनुहोस्