२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


समानुपातिकतर्फको मतगणना धमाधम, यस्तो छ पछिल्लो परिणाम


0
Shares

आयोगले अहिलेसम्म गरेको मतगणनामा समानुपातिकतर्फ पनि नेकपा एमालेले सबैभन्दा बढी मत प्राप्त गरेको छ ।

निर्वाचन आयोगले दिएको पछल्लो जानकारी अनुसार नेकपा एमालेले २० लाख ५० हजार ३४१ मत, नेपाली काँग्रेसले १९ लाख ६७ हजार ५०२ , नेकपा (माओवादी केन्द्र) ले ७ लाख ९१ हजार ३९८ मत प्राप्त गरेका छन् ।

त्यस्तै संघीय समाजवादी फोरम, नेपालले २ लाख ६४ हजार ६८, राष्ट्रिय जनता पार्टी, नेपालले २ लाख ३८ हजार ७८, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख ३८ हजार ३३९ मत ल्याएका छन्

विवेकशील साझा पार्टीले १ लाख ३२ हजार ९२२, नयाँ शक्ति पार्टी, नेपालले ५७ हजार ५५६, राष्ट्रिय प्रजातान्त्रिक पार्टी (प्रजातान्त्रिक) ले ४५ हजार ३४१ र राष्ट्रिय जनमोर्चाले ३५ हजार ३९१ र अन्य दलले २ लाख १६ हजार १० मत प्राप्त गरेका छन् ।