Logo १५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026


लमजुङमा समानुपातिकतर्फ एमाले पहिलो, नयाँ शक्ति भन्दा विवेकशील अगाडी


0
Shares

 

कुल ७७ हजार २१४ मत खसेकोमा ७२ हजार ६६२ मत सदर हुँदा नेपाली काँग्रेसलाई छ हजार ८० बढी मतले पछि पार्दै नेकपा एमाले पहिलो पार्टी बनेको हो ।

एमालेले प्रतिनिधिसभाका लागि ३३ हजार ३०९ मत ल्याएको छ भने नेपाली काँग्रेसले २७ हजार २२९ मत प्राप्त गरेको छ । यस्तै नेकपा (माओबादी केन्द्र) ले सातहजार ८०५ मत ल्याएर तेस्रो भएको छ ।

राप्रपाले एकहजार ४७७ मत पाएर चौथो भयो भने ८७० मत ल्याएर विवेकशील साझा पाँचौ दल बन्दा नयाँ शक्ति पार्टी ७७३ मत ल्याएर छैटौंमा सिमित भएको छ ।

प्रदेशतर्फ ‘क’ मा नेकपा एमालेले १३ हजार २७२, नेपाली काँग्रेसले १० हजार ४२, माओवादी केन्द्रले ५ हजार ५७८ मत पाएका छन् । यस्तै राप्रपाले २ हजार ६६३, नयाँ शक्तिले ७०५ र विवेकशील साझा पार्टीले ३३७ मत पाएका छन् ।

यस्तै प्रदेश सभा ‘ख’ तर्फ नेकपा एमालेले १७ हजार ६३४, नेपाली कांग्रेसले १३ हजार ६३८, माओवादी केन्द्रले ३ हजार २४३ मत पाएका छन् । यस्तै राप्रपाले ७९३, विवेकशील साझाले ४६९ र नयाँ शक्ति पार्टीले १७५ मत पाएका छन् ।

प्रतिनिधिसभामा राप्रपा (प्रजातान्त्रीक)ले १८८, संघीय समाजवादी फोरमले २२९, जनसमाजवादीले १८०, राष्ट्रिय जनमोर्चाले १७, राजपाले ५, मजदुर किसान पार्टीले १८, राष्ट्रिय जनमुक्ति पार्टीले ३३, बहुजन शक्ति पार्टीले १, नेपाली जनता दलले ८९, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहटले ३, ग्रीन पार्टी नेपालले ६, नेपाल समावेशी पार्टीले २ मत पाएका छन् ।

यसैगरी नेपाल नौलो जनवादी पार्टीले ३, राष्ट्रिय यथार्थवादी पार्टी नेपालले २, चुरेभावर लोकतान्त्रिक पार्टीले ४, ताम्सालिङ लोकतान्त्रिक पार्टीले २०, नेपाल संघीय समाजवादी पार्टीले १, राप्रपा राष्ट्रवादीले ६४, मंगोल नेश्नल अर्गनाइजेशनले ४३, जनशक्ति पार्टीले २, देशभक्त जनगणतान्त्रिक मोर्चाले ९, नेपाः राष्ट्रिय पार्टीले १ मत पाएको छ ।

त्यस्तै नेपाल युवा किसान पार्टीले २, राष्ट्रिय मुक्ति आन्दोलन नेपालले १४, देशभक्त समाजले २५, राष्ट्रिय समाजवादी पार्टीले ४, नेपाल दर्शनले १, नेपाल लोकतान्त्रिक जनता कांग्रेसले २७, नेपाल जनता पार्टीले २ मत पाएको छ ।

यस्तै आमुल परिवर्तन मसिया पार्टीले १८५, नेपालवादले ४, देशभक्त लोकतान्त्रिक पार्टीले १, नेकपा माक्र्सवादीले १, जनप्रजातान्त्रिक पार्टीले १, लिवरल डेमोक्रेटिक पार्टीले १, युवा नेपालले २ र नेपाली कांग्रेस (विपी)ले ६ मत पाएका छन् ।

प्रतिनिधि सभामा ४४ दलले मत पाउँदा ५ दलले भने सून्य मत पाएका छन् । सून्य मत पाउनेमा एकल चिह्न सिपाही, संघीय खम्बुवान लोकतान्त्रिक पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, हाम्रो पार्टी र नेपाल सुकुम्वासी पार्टी लोकतान्त्रिक रहेका छन् ।