२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


समानुपातिक सांसद कसरी चुनिन्छन् ? (भिडियो)


0
Shares

प्रतिनिधिसभा र प्रदेशसभातर्फ समानुपातिकको मतगणना जारी छ । जारी मतगणनामा कुन दलले कति सिट पाउने हुन् ? समानुपातिकबाट कसरी सांसद चुनिन्छन् ? भन्नेमा सबैको ध्यानकेन्द्रित भएको छ ।

समानुपातिक निर्वाचन प्रणालीमा प्रतिनिधिसभातर्फ देशलाई एकै क्षेत्र मानेर दलहरूले प्रतिस्पर्धा गरेका छन् ।

त्यस्तै, प्रदेशगतरूपमा भने सिंगो प्रदेशलाई एक निर्वाचन क्षेत्र कायम गरिएको छ । दुवैतर्फ निर्वाचन क्षेत्रबाट प्राप्त गरेको सदर मतका आधारमा सिट बाँडफाँट हुन्छ । तर, कुल सदर मतको तीन प्रतिशत नकटाउने दलको मत हिसाब हुनेछैन ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनको दफा ६० को व्यवस्थाअनुसार सबै निर्वाचन क्षेत्रबाट आयोगले विवरण प्राप्त गर्नुपर्नेछ । दलले प्राप्त गरेको कुल सदर मत संख्याको ‘सेन्टलक’ विधिका आधारमा निर्वाचित हुने सांसदको संख्या तय हुनेछ ।

सेन्टलक विधिअनुसार प्रत्येक दलका लागि खसेको मतलाई भाग गर्ने पद्दतिले निरन्तर भाग लगाइनेछ । यसअनुसार दलले प्राप्त गरेको मतपरिणामलाई धेरै भाजक अंकले भाग गरिन्छ । उल्टो क्रमबाट १, ३, ५, ७ र ९ जस्ता बिजोर अंकले भाग गरी सिट निर्धारण गरिन्छ ।

सिट संख्या ठूलो भागफलबाट सानोलाई बाँडफाँट गर्दै तोकिएको सिट नसकिँदासम्म बाँडफाँट गरिनेछ ।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले समानुपातिक मतगणनाको अन्तिम परिणाम आयोगले पाएपछि दलहरूले पाएको मतका आधारमा सिट संख्या मिलाउन आयोगले सूचित गर्ने जानकारी दिए ।

एक सिटका लागि ‘थ्रेसहोल्ड’ कति कायम हुन्छ भन्ने अंकगणित नमिल्न सक्छ । तर, मत विभाजक सूत्रका आधारमा अन्तिम सिटसम्म भाग गर्दै जाँदा आउने अन्तिम सानो एकाइ एक सिट प्राप्तका लागि हुने औसत मत कायम हुन्छ ।

प्रवक्ता ढकालले जसले जति सिट प्राप्त गरेपनि ‘क्लस्टर’ मिलान गर्नुपर्ने बताए ।

प्रतिनिधिसभाका लागि देशभरको समानुपातिक समावेशी सूची तयार पार्नुपर्नेछ । प्रदेशको हकमा भने प्रदेशअनुसार नै फरक–फरक समानुपातिक प्रतिनिधित्वको व्यवस्थाअनुसार सूची तयार पार्नुपर्नेछ ।

थ्रेसहोल्ड नकटाएका मतबाहेकका बाँकी मतमात्र थ्रेसहोल्ड कटाउने दलबीच मतका आधारमा बाँडफाँट हुन्छ । बाँकी रहेको मतलाई नै शतप्रतिशत मानी निर्धारित् सिट संख्याका आधारमा दलहरुलाई सिट बाँडफाँट हुन्छ ।

दुई चरणका निर्वाचनमा गरी प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा कुल एक करोड पाँच लाख ८७ हजार ५२१ मत खसेको छ । यो बदर मतसमेत हो । समानुपातिक सांसद चुनिन सदर मतमात्र कदर हुन्छ ।

भिडियो हेर्नुहोस्