
प्रतिनिधि र प्रदेशसभामा गरी १२ हजार ४२ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
१ लाख १५ हजार ४ सय ४९ मतदाता रहेको लमजुङमा प्रतिनिधिसभामा ७७ हजार २ सय १४ मत खसेकोमा ४ हजार ५ सय ५२ मत बदर भएको हो ।
यस्तै प्रदेश सभा ‘क’ मा ५४ हजार ८ सय ९७ मतदाता रहेकोमा ३७ हजार ७ सय ४२ मत खसेको थियो ।
खसेको मत मध्ये ४ हजार ४ सय ९ मत बदर भएको छ । यस्तै प्रदेश सभा ‘ख’ मा ६० हजार ५ सय ५२ मतदाता रहेकोमा ३९ हजार ४ सय ७२ मत खसेको थियो ।
खसेको मत मध्ये ३ हजार ८१ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रतिनिधिसभा प्रत्यक्षतर्फ ७७ हजार १ सय ६४ मत खसेकामा २ हजार ५ सय ८५ मत बदर भएको छ ।
निर्वाचन आयोगको मतदाता शिक्षा कार्यक्रम प्रभावकारी नहुनु, राजनीतिक दलहरुले आफ्ना चुनाव चिह्नबारे प्रभावकारी शिक्षा दिन नसक्नु, गठबन्धनमा रहेका दलहरुको चुनाव चिह्नमा मतदाता झुक्किनुले धेरै मत बदर भएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्