२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


अछाममा समानुपातिकतर्फ एमाले-कांग्रेसको मत हाराहारी


0
Shares

पछिल्लो पटक सार्वजनिक मत परिणाम अनुसार प्रतिनिधिसभा र प्रदेशसभा दुवै तर्फ एमाले पहिलो भएको छ ।

प्रतिनिधिसभा तर्फ एमाले ३३ हजार ८ सय ७६ मतका साथ पहिलो भएको छ । नेपाली काग्रेसले ३२ हजार ५ सय ९३ मत प्राप्त गर्दै दोस्रो भएको छ ।

नेकपा माओवादी केन्द्रले १० हजार २ सय ९८ मत प्राप्त गर्दै तेस्रो भएको छ । त्यस्तै प्रदेशसभा तर्फको समानुपातिक तर्फको मत परिणाममा पनि एमाले पहिलो भएको छ ।

एमालले ३० हजार ५ सय ५७ मत प्राप्त गरेको छ । नेपाली काग्रेसले २९ हजार १ सय १ मत ल्याएको छ ।

तेस्रो भएको नेकपा माओवादी केन्द्रले ११ हजार ७ सय ८१ मत प्राप्त गरेको छ ।