२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


महोत्तरीमा १८० उम्मेदवारको जमानत जफत


0
Shares

निर्वाचन अधिकारी पिंकी रायकाअनुसार जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भाग लिएका २१३ उम्मेदवारमध्ये १८० जनाको जमानत जफत भएको हो ।

कुल खसेको सदर मतको १० प्रतिशत मत नल्याउने उम्मेदवारको जमानत जफत हुने कानुनी व्यवस्था बमोजिम जिल्लामा सम्पन्न निर्वाचनमा पूर्वसांसद चन्देश्वर झासहित १८० जनाको जमानत जफत भएको उनले बताइन् ।

पूर्वसांसद झाले महोत्तरी ३ नम्बर क्षेत्रबाट प्रतिनिधिसभा निर्वाचनमा राजपा नेपालको बागी भएर स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

निर्वाचन अधिकारी रायकाअनुसार प्रतिनिधिसभा सदस्यतर्फ निर्वाचन क्षेत्र नम्बर–१ मा ९, क्षेत्र नम्बर–२ मा १६, क्षेत्र नम्बर–३ मा १८ र क्षेत्र नम्बर–४ मा १६ जनाको जमानत जफत भएको हो ।

त्यस्तै, प्रदेशसभा सदस्यतर्फ निर्वाचन क्षेत्र नम्बर–१ को ‘क’मा ८, ‘ख’मा १२, क्षेत्र नम्बर–२ को ‘क’मा पाँच, ‘ख’मा १९, क्षेत्र नम्बर–३ को ‘क’मा ११, ‘ख’मा ३०, क्षेत्र नम्बर–४ को ‘क’मा १५ र ‘ख’मा २१ जनाको जमानत जफत भएको उनले जानकारी दिइन् ।

जमानत जफत हुनेमा ३६ जना स्वतन्त्र र बाँकी अन्य दलका उम्मेदवार हुन् । रासस