२४ जेष्ठ २०८२, शनिबार | Sun Jun 8 2025


मतगणना आज सकिदैं, यस्तो छ अहिलेसम्मको समानुपातिक नतिजा


0
Shares

हालसम्मको मत परिणाममा समानुपातिकतर्फ पनि नेकपा एमालेले नैं अग्रता कायम राखेको छ । प्रत्यक्षतर्फको निर्वाचनमा सबैभन्दा बढी सिट जितेको एमालेले समानुपातिकमा पनि सबैभन्दा बढी मत ल्याएको हो ।

निर्वाचन आयोगको पछिल्लो तथ्यांकअनुसार हालसम्म गणना गरिएको करिब ८७ लाख मतमध्ये नेकपा एमालेले २९ लाख ४७ हजार मत प्राप्त गरेको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २८ लाख ६७ हजार मत प्राप्त गरेको छ । त्यसैगरी नेकपा माओवादी केन्द्रले ११ लाख ८४ हजार, संघीय समाजवादी फोरमले ४ लाख १७ हजार, राजपाले ३ लाख ८१ हजार, विवेकशील साझा पार्टीले १ लाख ९७ हजार, राप्रपाले १ लाख ८८ हजार, नयाँ शक्ति पार्टीले ७५ हजार, राप्रपा प्रजातान्त्रिकले ७४ हजार, नेपाल मजदुर किसान पार्टीले ५२ हजार मत पाएका छन् ।

अरु दलले ३ लाख १७ हजार मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।