
बासुदेव वर्मा (इमेज)
कपिलवस्तु, असार १५ । कपिलवस्तुको तिलौराकोटमा ऐतिहसिक धान रोपाइँ महोत्सव सुरु भएको छ ।
शुक्रबार कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले सुनको हलोले जोतेर धान रोपी धान दिवसको उद्घाटन गरे ।
प्राचीन कपिलवस्तुको राजधानी तिलौराकोटमा राजा शुद्धोधनले सुनको हलोले जोती धान रोपाइँ सुरु गर्ने परम्परा रहेकाले यो वर्षदेखि त्यसलाई पुनः सुरुआत गरिएको मन्त्री खनालले बताए ।
उक्त परम्परालाई विकास गरेर ‘समृद्ध नेपाल र सुखी नेपाली’ भन्ने नाराका साथ अगाडि लैजाने र कृषिलाई आधुनिकीकरण र व्यवसायीकरण गर्नुपर्ने मन्त्री खनालको भनाइ थियो ।
२६ सय वर्षपहिलेकोे ऐतिहासिक घटनालाई स्मरण गर्दै लुम्बिनी विकास कोषको आयोजनामा यो वर्षको धान दिवस मनाइएको हो ।
सो अवसरमा पञ्चेबाजा, थारु लाठी नाच, अहिरौवा नाच तथा विभिन्न जातजातिका झाँकी, नाचगान एंव नृत्य प्रस्तुत् गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्